Like us!
Follow us!
Connect us!
Watch us!

बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १२ : ०३ मा प्रकाशित

बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक सेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ । लिमिटेडको प्रतिशेयर रु एक सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । 

आइपिओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माबीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

कूल रु तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब पन्ध्र करोड छ । चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख बराबरको साधारण सेयर  परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ भने दश प्रतिशत अर्थात् रु २१ करोड ५० लाख बराबरको सेयर सर्वसाधारणलाई छुट्याइने छ ।

परियोजना निर्माण वि.सं २०७६ साउन ४ मा सुरु भएको थियो । कम्पनीले केबलकार, पाँच तारे होटल, जिप लाइन, बन्जी जम्प, क्यान्टिन लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको