अर्थ संसार, काठमाडौं – आफ्ना लगानीकर्तालाई पूर्णिमा विकास बैंक लिमिटेडले बोनस सेयर र नगद लाभांश दिने भएको छ ।
यही असोज २ गते बसेको संचालन समितिबो बैठकले २०७३/७४ को मुनाफाबाट लगानीकर्तालाई लाभांश दिने भएको हो । बैंकले सेयरधनीहरुलाई ८ करोड ४५ लाख ५० हजारको बोनस सेयर र ४४ लाख ५० हजारको बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रतावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतसँगै बैंकको बार्षिक साधारण सभाले पारित भएपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस