Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १२ : ०० मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभा आज चैत १७ गते लैनचौरा बुटिक काठमांडौैमा सम्पन्न भएको छ।

सभाले आर्थिक बर्ष २०७८र७९को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनस सेयर र ० दशमलव ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु पारित गरेको छ। 

बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको