Like us!
Follow us!
Connect us!
Watch us!

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन पाईने

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, ०८ : ०४ मा प्रकाशित

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन पाईने

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर आईपीओमा आज चैत १९ गतेदेखि आवेदन दिन सकिने छ । 

हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । 

स्थानीयमा हाइड्रोपावरले ७ लाख ६० हजार कित्ता सेयर छुट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको ८१ हजार ४०० कित्ता सेयर समेत सर्वसाधारणमा जारी हुन लागेको हो ।  हाइड्रोपावरले जारी पूँजी रू ७६ करोडको ३० प्रतिशत अर्थात रू २२ करोड ८० लाख बराबरको सेयर स्थानीयमा समेत सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो ।

दोस्रो चरणमा बिक्री गर्न लागिएको कुल कित्ता सेयरमध्ये ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । 

उक्त आईपीओ छिटोमा बिक्री अवधि चैत २२ गते र ढिलोमा आगामी वैशाख ३ गतेसम्मका लागि तय गरिएको छ । तर, छिटो अवधिसम्म मात्र कम्पनीको आईपीओ बिक्री खुला हुनेछ ।  हाइड्रोपावरको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको