Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे र मिर्मिरे लघुवित्तद्वारा मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, ११ : ३९ मा प्रकाशित

नेरुडे र मिर्मिरे लघुवित्तद्वारा मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर

नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्थारले मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुई कम्पनीले चैत १६ गते बिहीबार अपरान्ह ४ बजे गाभ्नेरगाभिने मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेरुडेको रजिष्टर्ड कार्यलाय मोरङ जिल्लाको विराटनगरमा रहेको छ भने मिर्मिरेको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ । दुई कम्पनीले पुस ११ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । अन्तिम सहमतिपत्रमा हस्ताक्षरसँगै दुबै संस्थाले अलग अलग साधारणसभा आह्वान गरि साधारणसभा मार्फत् मर्जरको विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको