Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, ११ : १३ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नवौँ वार्षिक साधारणसभा आव्हान गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते गर्ने निर्णय गरेको हो। सभा धादिङको धादिङबेसीस्थित धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुने संस्थाले जनाएको हो। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख १ हजार २४६.०३ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थाले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण सो मितिभन्दा अगाडि कायम सेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण हाल लाभांश कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको