Like us!
Follow us!
Connect us!
Watch us!

‘कुमारी सुनौलो लगानी योजना’को इकाई आजसम्म मात्र बिक्रिमा

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, ११ : ५८ मा प्रकाशित

‘कुमारी सुनौलो लगानी योजना’को इकाई आजसम्म मात्र बिक्रिमा

चैत ९ गतेदेखि सार्वजनिक निष्कासनमा आएको कुमारी सुनौलो लगानी योजनाको इकाई आजसम्म मात्र बिक्रीमा रहने भएको छ । योजना व्यवस्थापक कुमारी क्यापिटलले सञ्चालन गर्न लागेको खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि १० करोड इकाई बिक्री गर्न लागिएको हो ।

कुल इकाईमध्ये ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्कासनमार्फत् बिक्री खुला गरिएको हो । यसपछि बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत् निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलको भनाई छ ।

क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो ।  लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् ।

यस योजना व्यवस्थापक कुमारी क्यापिटलले दोस्रो वर्षदेखि इकाईधनीहरूलाई लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस योजनाबाट लगानीकर्ताले दोस्रो बर्ष पश्चात् ८ प्रतिशत, अनि तेस्रो र चौथो वर्षमा १० प्रतिशत तथा पाँच देखि १० वर्षसम्म वार्षिक १५ प्रतिशतका दरले लाभाशं प्रतिफल पाउने प्रक्षेपण गरिएको जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको