Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै, विक्री प्रबन्धकमा मेगा र नेपाल एसबिआई मर्चेन्ट

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १३ : ११ मा प्रकाशित

ग्लोबल हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै, विक्री प्रबन्धकमा मेगा र नेपाल एसबिआई मर्चेन्ट

ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन गर्न सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीच सम्झौता गरेको छ । 

एसोशिएट्सले एक सय रुपैयाँ अंकित ५८,६०,००,००० रुपैयाँको सेयर पूँजी बराबरको ५८,६०,००० कित्ता साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि दुई क्यापिटलसँग सम्झौता गरेको हो । 

गत मंगलबार एक कार्यक्रममा ग्लोबल हाइड्रोपावरका अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतामा 
 हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको