प्रभु स्टील एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले गत मंगलबार एक सूचना प्रकाशित गर्दै आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
बिक्री प्रबन्धकले ९८ लाख कित्ता सेयर निष्कासन गर्न चाहिने प्रत्याभूतिकर्ता जुटाउने प्रतिबद्धता समेत जनाउनुपर्ने छ । २०७५ ज्येष्ठ मा स्थापित यो कम्पनीको अधिकृत पुँजी २ अर्ब ५ करोड रहेको छ भने जारी पुँजी २ अर्ब र चुक्ता पुँजी १ खर्ब २ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी २ अर्ब पुग्नेछ ।
कूल जारी आईपीओ मध्ये २० लाख कित्ता सेयर प्रभु ग्रुप अफ कम्पनीको प्रभु होल्डिङ्ग, प्रभु ऊर्जा कृषि पर्यटन बिकास लिमिटेड र हाईड्रो होल्डिङ्गस, कम्पनीका कर्मचारीहरुको लागि छुट्याइने छ भने समान २० लाख कित्ता उद्योग प्रभावित जिल्लावासीका लागि वितरण गरिने कम्पनीले जनाएको छ ।
बाँकी रहेको ५८ लाख कित्ता म्युचुअल फन्ड र सर्वसाधारणका लागि छुट्याइने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस