Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : कारोबार रकम र नेप्से परिसूचक घट्यो

शनिबार, ०७ असोज २०७४, १५ : ४१ मा प्रकाशित

साताको सेयर बजार :  कारोबार रकम र नेप्से परिसूचक घट्यो

अर्थ संसार, काठमाडौँ– असोज धितोपत्र बजारमा यस साता रु एक अर्ब ७९ करोड ५५ लाख ८७ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १६९ कम्पनीको ६७ लाख १५ हजार ४९० कित्ता सेयर कारोबार भएको हो ।
 
कारोबार रकम गत साताको भन्दा ५०.३४ प्रतिशत कम हो । गत साता १७७ कम्पनीको रु तीन  अर्ब ६१ करोड ५७ लाख १७ हजार  बराबरका ६८ लाख चार हजार एक सय ६० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८.१३ अंकले घटेर अन्तिम दिन एक हजार ५३९.८१ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.५३ अंकले घटेर ३२३.११ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सस्थापक अग्रस्थानमा रहेको छ ।

सो कम्पनीको रु २८ करोड ९० लाख ९० हजार बराबरको सेयर कारोबार भएको छ । यस्तै कारोबार भएको सेयर संख्याका  आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको दुई लाख ६२ हजार कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तिन दिन खुला रह्यो । यस      साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको