Like us!
Follow us!
Connect us!
Watch us!

चार अर्ब ९० करोड बराबरको म्युचुअल फण्डको कारोबार हुँदै

आइतबार, ०८ असोज २०७४, ०७ : ५१ मा प्रकाशित

चार अर्ब ९० करोड बराबरको म्युचुअल फण्डको कारोबार हुँदै

अर्थ संसार, काठमाडौं–धितोपत्र बजारमा विभिन्न कम्पनीले हकप्रद सेयर तथा बोनस दिएर लगानीका अवसर सिर्जना गरिरहेको बेला म्युचुअल फण्डमा पनि पछिल्लो दिनमा आर्कषण बढेको छ ।

धितोपत्र बजारको फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आर्कषण मात्रै बढेको छैन, नयाँ नयाँ अवसरहरु समेत सिर्जना भइरहेको छ ।

नेपाल धितोपत्र बोर्डले बजार विविधकरणका लागि भन्दै सिद्धार्थ इक्विटी फण्डलाई केही दिन पहिले मात्रै स्वीकृति प्रदान गरेको छ । कुल रु एक अर्ब २० करोड मूल्य बराबरको १२ करोड इकाइ बिक्री गर्न लागिएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम सिद्धार्थ म्युचुअल फण्ड जारी गर्न स्वीकृति दिइएको छ ।

प्रतिइकाइ रु १० दरको १२ करोड इकाइ मध्य न्यूनत्तम एक करोड ८० लाख वा कुल विक्री भएको इकाइ संख्याको १५ प्रतिशत कोष प्रवद्र्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनत्तम दश करोड बिस लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको  हो । न्यूनत्तम एक सय इकाइ खरिद गर्नुपर्ने उक्त फण्ड यही असोज २९ गतेबाट खरिदका लागि आवेदन दिन सकिन्छ ।

यस्तै बोर्डले विभिन्न पाँच फरक फरक फण्डलाई समेत स्वीकृति दिने तयारी गरेको छ । बोर्डले आल अध्ययन गरिरहेको ती फण्डको कुल मूल्य रु चार अर्ब ९० करोड बराबरको इकाइ रहेको छ ।

कुल ४९ करोड इकाइ स्वीकृतिको चरणमा रहेको बोर्डका सहायक प्रवक्ता  डा नवराज अधिकारीको भनाइ छ । ग्लोबल आइएमइ ब्यालेन्स फण्ड– १ मा लगानीकर्ताले रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ खरिद गर्न सक्नेछन् ।

यस्तै सानिमा इक्विटी फण्डको रु एक अर्ब २० करोड मूल्य बराबरको १२ करोड इकाइ , सिटिजन म्याचुल फण्ड– १ काृे रु एक अर्ब मूल्य बराबरको १० करोड इकाइ, एनआइसी एसिया ग्रोथ फण्डको रु एक अर्ब मूल्यको १० करोड इमाइ र एनआइबीएल सहभागिता फण्डको रु ५० करोड मूल्य बराबरको पाँच करोड इकाइ खरिद गर्न सकिनेछ ।

साधारण सेयर रु १०० मा खरिद गर्न सकिन्छ भने यस्ता फण्डको मूल्य रु १० रहने गर्दछ । सेयर बजारलाई थप विविधकरण गर्ने र लगानीका स्रोत जुटाउने लक्ष्यका साथ यस्ता फण्ड तयार गरिन्छ ।

लगानीकर्तालाई उच्च प्रतिफल दिने र बजारलाई थप फराकिलो बनाउन म्याचुल फण्डको कारोबार गर्न लागिएको सम्बन्धित कम्पनीको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले बेला बेलामा विकास ऋणपत्रको कारोबार गर्ने गरेको छ भने सोही प्रक्रिया अपनाएर विभिन्न कम्पनीले म्याचुअल फण्डको कारोबार गर्न थालेको र त्यसलाई विविधकरण गर्न लागिएको बोर्डको भनाइ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको