सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि गत आर्थिक वर्ष ०७८र७९ को मुनाफाबाट कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
फागुन ९ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १३ करोड २० लाखको आधारमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनमा संशोधन गरी १५ प्रतिशतमा सिमित गरिएको हो । अब कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस