नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओ आज ‘टिएएमओआर’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ३३ लाख २५ हजार कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ९८ रुपैयाँ ४३ पैसादेखि २९५ रुपैयाँ २९ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस