Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको प्रभाव सेयर बजारमा, ३ अंकले घटेको बजारमा ३१ करोडको कारोबार

आइतबार, ०८ असोज २०७४, १५ : १८ मा प्रकाशित

दशैंको प्रभाव सेयर बजारमा, ३ अंकले घटेको बजारमा ३१ करोडको कारोबार

अर्थ संसार, काठमाडौं-  नेपालीहरुको महान पर्व विजय दशमीको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । चाडपर्वको सुरुसँगै सेयर बजारमा कारोबार गर्नेहरू घटेका छन् ।

सातो पहिलो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सामान्य अंकले गिरावाट भएको छ । २.८९ अंकले घटेको बजारमा ९ लाख ९१ हजार ३ सय ६६ कित्ता सेयर खरिद विक्री हुँदा ३१ करोड ५२ लाख ७ हजार १ सय ५८ रुपैयाँको कारोबार भएको छ ।

यस दिन होटल ३७.६४ अंक, हाइड्रोपावर १.०८ अंक, फाइनान्स ४.२६ अंक र इन्स्योरेन्स १०.१४ अंकले बढेको छ । यता बैंक ४.९८ अंक, ट्रेडिङ १५.२९ अंक, विकास बैंक ५.७ अंक र अन्य १.७३ अंकले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको