Like us!
Follow us!
Connect us!
Watch us!

माई खोला हाइड्रोपावरद्वारा आईपीओ बाँडफाँड

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, ११ : ४७ मा प्रकाशित

माई खोला हाइड्रोपावरद्वारा आईपीओ बाँडफाँड

माई खोला हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले पहिलो चरणको आईपीओ फागुन २५ गते देखि चैत ९ गतेसम्म बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि बिक्री गरेको हो ।

निर्धारित समयभित्र रितपूर्वक आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँड गरिएको छ । त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिएको छ ।

बिक्री प्रबन्धकका अनुसार चैत २७ गते दुबै पहिलो चरणको आईपीओ बाँडफाँड गरिएको हो । अब दोस्रो चरणको आईपीओ कम्पनीले बिक्री गर्नेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको