Like us!
Follow us!
Connect us!
Watch us!

युवा उद्यमी एवम् अर्थशास्त्री मनोज पौडेल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

अर्थ संसार

शुक्रबार, ०१ बैशाख २०८०, ०७ : ४५ मा प्रकाशित

युवा उद्यमी एवम् अर्थशास्त्री मनोज पौडेल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

युवा अर्थशास्त्री र उद्यमी मनोज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट समूह तर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महासंघलाई अझ सशक्त र प्रभावकारी बनाउने उदेश्यले युवा उद्यमी व्यवसायीहरूको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पौडेल १३ सय ७३ मत ल्याएर एशोसियट समूहकै दोस्रो हुँदै निर्वाचित भएका हुन्।

कोष व्यवस्थापक कम्पनी आध्यन्तका संस्थापकका रुपमा व्यवसायमा प्रत्यक्ष संलग्न उनी पूर्वाधार विकास, बैकिङ्ग, शिक्षा, लगानी परिचालन र पूँजी व्यवस्थापन लगायतका क्षेत्रहरूमा अन्य विभिन्न व्यवसायहरूमा पनि आबद्ध छन्। 
विशेष गरी अन्तर्राष्ट्रिय लगानी र व्यापार विकासमा अनुभवी उनले उद्योग व्यवसाय जगतमा छोटो समयमै सफल उद्यमीको रूपमा स्थापित भएका छन्।

महासंघको कार्यकारिणी समितिको गएको कार्यकालमा अन्तर्राष्ट्रिय लगानी समितिको सहअध्यक्षका रूपमा उनले नेपालमा वैदेशिक लगानी र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान, र टीमवर्क– यि चार मुख्य स्तम्भहरूमा  केन्द्रित रहेर आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन सहयोग पुग्ने गरी उम्मेद्बारी दिएका मनोजले अब कार्यकारिणी समितिमा निर्वाचित भइसकेपछि नव निर्वाचित नेतृत्वसँग सहकार्य गर्दै नेपाली उद्यम र उद्यमीका निम्ति लागि पर्ने बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको