Like us!
Follow us!
Connect us!
Watch us!

आँखा उपचार केन्द्रलाई रु नौ लाख सहयोग

विहीबार, १२ असोज २०७४, ०८ : ४७ मा प्रकाशित

आँखा उपचार केन्द्रलाई रु नौ लाख सहयोग

अर्थ संसार, रामपुर – कालिगण्डकी आँखा उपचार केन्द्र, रामपुर, पाल्पालाई रु नौ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

लामो समयदेखि पाल्पाको शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) को पहलमा ‘फ्रेन्ड्स जापान’ नामक संस्थामार्फत प्राप्त रु नौ लाख रकम आँखा उपचार केन्द्रलाई प्रदान गरिएको हो ।

ओकेबाजेले आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेललाई सो रकम हस्तान्तरण गर्नुभयो । जापानी समाजसेवी ओकेबाजेले यस आँखा उपचार केन्द्रका लागि रु ४५ लाखभन्दा बढी आर्थिक सहयोग र विभिन्न भौतिक उपकरण सहयोग गरिसक्नुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको