Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको तेस्रो त्रैमासः साढे ८० करोड बढी नाफा, घट्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, ११ : २६ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको तेस्रो त्रैमासः साढे ८० करोड बढी नाफा, घट्यो प्रतिसेयर आम्दानी

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त आर्जन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको सञ्चालन मुनाफा २१.०३ प्रतिशत घटेको छ । उक्त अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस्तै, बैंकको निष्क्रिय कर्जा ०.१७ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ । 

बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३२ पैसा घटेर १६ रुपैयाँ ७४ पैसामा सीमित भएको छ । उक्त अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४९ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको