Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको तेस्रो त्रैमासः नाफा ९ करोड बढी, खराब कर्जामा गिरावट

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, १३ : ५० मा प्रकाशित

गोर्खाज फाइनान्सको तेस्रो त्रैमासः नाफा ९ करोड बढी, खराब कर्जामा गिरावट

गोखार्ज फाइनान्स कम्पनीले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। फाइनान्सले यस वर्षको तेस्रो त्रैमाससम्म ९ करोड बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले उक्त तथ्यांक देखाएको हो ।

कम्पनीले चालु आवको ९ महिनामा ९ करोड १५ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको समिक्षा अवधिमा कम्पनीले ९ करोड ४९ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १० करोड ११ लाख ६३ हजार रुपैयाँले वृद्धि भएको छ । यस वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद आम्दानी २५ करोड ४७ लाख २२ हजार रुपैयाँ कायम भएको छ । गत आवको समिक्षा अवधिमा भने कम्पनीको यस्तो १५ करोड ३५ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको सञ्चालन नाफामा पनि १६.२८ प्रतिशतको बढेको देखिएको छ। सो अवधिमा कम्पनीले सञ्चालन नाफा १५ करोड ७८ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य नाफा भने ८ करोड ४८ लाख बढी नोक्सानी छ ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ८५ करोड ८ लाख ५२ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा कम्पनीले ७ अर्ब २५ करोड ९३ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरि ५ अर्ब ६४ करोड ८१ लाख ८० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खराब कर्जा ६.७७ प्रतिशत रहेको छ । तर गत आवको समिक्षा अवधिको तुलनामा भने घटाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ ८३ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको