अर्थ संसार, काठमाडौं– आजदेखि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकोे साधारण सेयर (आइपिओ) निष्काशन भएको छ ।पोर्ट माइक्रोफाइनान्सले १ लाख ८० हजार कित्ता साधारण सेयरनिष्काशन गरेको हो ।
लगानीकर्ताले १८ गते देखि छिटोमा असोज २३ गते देखि ढिलामा कार्तिक १६ गते सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा १ करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न गरेको छ ।
लगानीकर्ताले १८ गते देखि छिटोमा असोज २३ गते देखि ढिलामा कार्तिक १६ गते सम्म आवेदन दिन सकिनेछ । साधारण सेयरको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
सेयर आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ता सम्ममा आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ प्रतिशत अर्थात ३६ सय कित्ता साधारण सेयरहरु कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिश अर्थात ९ हजार कित्ता साधारण सेयरहरु सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस