Like us!
Follow us!
Connect us!
Watch us!

महायज्ञबाट साढे २२ लाख संकलन

बुधबार, १८ असोज २०७४, २० : १० मा प्रकाशित

महायज्ञबाट साढे २२ लाख संकलन

अर्थ संसार, दाङ– यहाँको एक क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्न लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु २२ लाख ८७ हजार ६६६ संकलन भएको छ ।

स्थानीय गढवा बहुमुखी क्याम्पसको स्तरवृद्धिसँगै प्राविधिक शिक्षा सञ्चालनार्थ सोमबारदेखि सो महायज्ञका साथै शैक्षिक महोत्सव–२०७४ शुरु गरिएको हो ।

जसअनुसार क्याम्पसप्रमुख देवराज पाठकले रु ११ लाख ११ हजार १११, संस्थापक क्याम्पसप्रमुख दीपककुमार यादवले रु पाँच लाख ५५ हजार ५५५ र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मेटमणि चौधरीले रु पाँच लाख ५५ हजार ५५५ दान गरेको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष रविलाल आचार्यले जानकारी दिनुभयो ।

उक्त महायज्ञबाट करिब रु पाँच करोड संकलन हुने र त्यसबाट प्राविधिक शिक्षा सञ्चालन गर्न सहज हुने आयोजक समितिले जनाएको छ । महायज्ञमा पं दीनबन्धु पोखे्रलले कथा वाचन र १०१ राष्ट्रनिर्माण फाउण्डेशन नेपालका अध्यक्ष धु्रवशरण बस्यालले सहवाचन गर्नुभएको छ । ज्ञान महायज्ञ असोज २३ गतेसम्म सञ्चालन हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको