Like us!
Follow us!
Connect us!
Watch us!

भौतिक मन्त्रालयको बजेट ५४ अर्ब कटौती हुने मन्त्री ज्वालाको भनाई

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, १३ : १७ मा प्रकाशित

भौतिक मन्त्रालयको बजेट ५४ अर्ब कटौती हुने मन्त्री ज्वालाको भनाई

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती हुने बताएका छन् । हिजो (आइतबार) काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षका लागि मन्त्रालयको बजेट ५४ अर्ब कटौती हुने बताए । चालु आर्थिक वर्षमा १६७ अर्ब बजेट आकार रहे पनि आगामी आर्थिक वर्षका लागि ११३ अर्बको सिलिङ दिइएको बताए । राजश्व संकलन कम भइरहेकाले अर्थतन्त्रका सूचांकहरु पनि खराब स्थितिमा रहेको उनको भनाइ छ ।

‘हामी बजेट निर्माणको चटारोमा छौं, बजेट पनि कटौती छ । कन्फर्टेबल बजेट सिलिङ हुन्थ्यो भने यति धेरै प्रेसर हुँदैन थियो होलाु उनले भने ‘यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन । गरिबीजस्तो भएको छ, बिहान खाँदा साँझ नपुग्ने, साँझ खाँदा बिहान नपुग्ने ।’-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको