अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई प्रदान गर्ने विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गतको दोस्रो किस्ता भुक्तानी दिने निर्णय गरेको छ । अमेरिककाको डिसीमा हिजो (सोमबार) बसेको आईएमएफको सञ्चालक समितिको बैठकले ईसीएफअन्तर्गतको दोस्रो किस्ता भुक्तानी दिने निर्णय गरेको हो ।
यसअघि आफूले गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै करिब एक वर्ष देखि दोस्रो किस्ताको भुक्तानी रोकेको थियो । सुरुका सम्झौता अनुसार आईएमएफले गत जेठमै ईसीएफको दोस्रो किस्ता पाउनुपर्ने थियो ।
उक्त निर्णयसँगै अब नेपालले दोस्रो किस्ता ५ करोड २८ लाख अमेरिकी डलर (करिब पौने ७ अर्ब रुपैयाँ) पाउने भएको हो । आईएमएफले ईसीएफअन्तर्गत करिब ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने निर्णय २०७८ पुस २८ मा गरेको थियो । विभिन्न किस्तामा लिइने उक्त ऋणको पहिलो किस्ताबापत आईएमएफले करिब ११ करोड रुपैयाँ यसअघि नै निकासा दिइसकेको थियो ।
त्यसपछि सरकारले १० वटा वस्तुको आयात रोक्का गरेको, आयात नियन्त्रणका लागि राष्ट्र बैंकले विभिन्न वस्तु आयातका लागि खोलिने प्रतितपत्रमा नगद मार्जिनको व्यवस्था गरेको लगायत कारण देखाउँदै आईएमएफले दोस्रो किस्ता रोकेको थियो । अहिले आयात रोक्का, नगद मार्जिनलगायत व्यवस्था हटिसकेको र अरु प्रतिवद्धता पनि पुरा गर्ने बाचा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबाट पाएपछि आईएमएफले दोस्रो किस्ता भुक्तानी गर्ने निर्णय गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस