नेपाली कांग्रेसकी सांसद कमला पन्तले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पाँच सय र हजारका नोटलाई ब्यान्ड गर्न सुझाएकी छिन्। आज (सोमबार) राष्ट्रिय सभामा अगामी बजेटबारे भइरहेको छलफलमा सांसद पन्तले अर्थमन्त्री महतलाई उक्त सुझाव दिएकी हुन्।
उनले भनिन्, ‘बोरामा बाँधेका पैसाहरु पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौं अर्थमन्त्रीज्यू। यदि हामीले समस्या बुझेका छौं र हिम्मत छ भने। यति गर्यो भने हामी यो पलायन हुँदै गएको अर्थतन्त्रबाट चलायमान बनाउन सक्छौं।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस