Like us!
Follow us!
Connect us!
Watch us!

महुलीले ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने

आइतबार, २२ असोज २०७४, ११ : ५७ मा प्रकाशित

महुलीले  ५० प्रतिशत बोनस सेयर र   १० प्रतिशत  नगद  लाभांश दिने

अर्थ संसार, काठमाडौं– आफ्न सेयरधनीलाई महुली सामुदायिक लघुवित्त विकास बैंकले ५० प्रतिशत बोनस सेयर र १० प्रतिशतनगद लाभांश दिने भएको छ । असोज  २१ गते यस्तो निर्णय गरेको हो ।

   समिति बैठकले हाल कायम चुक्ता पुँजी ४ करोड रुपैयाँबाट बोनस र नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

यसै गरी वर्तमान चुक्ता पूँजी ४ करोडको प्रति सेयर १ सय को दरले ४ लाख कित्ताको प्रस्तावित वोनस सेयरको ५० प्रतिशतले हुने सेयर २ लाख कित्ता गरी जम्मा ६ लाख कित्ताको २ः१ ( २ सेयर कित्ता =१ कित्ता सेयर ) को हिसावले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

59d9c38d33851.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको