Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तका सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १३ : २६ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तका सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा गत आर्थिक वर्षको लाभांश जम्मा गरिदिएको छ । लघुवित्तले गत फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई सेयरधनीहरुको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।

फागुन १ गतेसम्म सेयर अभौतिकीकरण गराएका कम्पनीका सेयरधनीहरुको हितग्राही खातामा कम्पनीले उक्त बोनस सेयर पठाउन सुरु गरेको हो । 

त्यो मिती पश्चात सेयर अभौतिकरण गराएका सेयरधनीको हकमा पनि क्रमश बोनस सेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ । साथै कम्पनीले विगतका साधारण सभाबाट पारित नगद लाभांश तथा बोनस सेयर लिन बाँकी रहेका शेयरधनीले सेयर रजिष्ट्रारमा सम्पर्क गरी आ आफ्नो लाभांश प्राप्त गर्न सक्ने पनि जानकारी दिएको छ । 

सेयरधनीले उक्त बोनस सेयरमा लाग्ने कर बैंकको खाता रहेको लाजिम्पाट शाखा खाता नं. ०४०००१०१०१३८९३०००००१ मा ‘एनआइबिएल एस क्यापिटल–जीबीबीएल बोनस ट्याक्स २०७७–२०७८’ नाममा जम्मा गर्नुपर्नेछ । कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको