Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा राजनीतिक आतंक !

आइतबार, २२ असोज २०७४, १५ : ३० मा प्रकाशित

सेयर बजारमा राजनीतिक आतंक !

अर्थ संसार, काठमाडौं– देशको पछिल्लो राजनीतिक प्रभाव सेयर बजारमा देखिएको छ । देशमा वाम एकतासँगै हल्लाको भरमा चल्ने नेपाली सेयर बजारमा प्रत्यक्ष नकरात्मक प्रभाव परेको छ ।

वाम एकतासँगै सेयर बजार माथि गरिएको नकारात्मक टिपाटिप्णीले गर्दा सेयर बजार हत्वात्तै घटेको लगानीकर्ताहरु बताउँछन् । के साँच्चै वाम एकताको प्रभाव हो त ? सेयर घट्नुको कारण ।

नेपालीहरुको महान चार्ड विजय दशमी र दिपावलीले गर्दा लगानीकर्ताहरु सेयर बजारमा सक्रियाँ नहँदा पनि सेयर घट्ने लगानीकर्ताको भनाई छ ।

यता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुक कार्यकारी नियुक्तिमा पनि बढ्दो राजनीतिकरणको प्रभाव सेयर बजारमा देखा परेको छ । सेयर बजारमा सुधार हुन छिटो भन्दा छिटो कार्यकारीको नियुक्ति हुनु पर्ने लगानीकर्ताहरु बताउँछन् ।

साताको पहिलो दिन आज नेप्से ३२.६४ अंकले घटेको छ । नेप्सेका सवै उपसमुहरु राताम्मै भएका छन् । १ सय ५२ वटा कम्पनीको ९ लाख ७२ हजार ६ सय २४ कित्ता सेयर खरिदविक्री हुँदा ४१ करोड ४९ लाख ९८ हजार ९ सय ८३ रुपैयाँको कारोबार भएको छ ।

यस दिन बैंक २८.८४ अंक, ट्रेडिङ ९.५४ अंक, होटल ६६.२५ अंक, विकास बैंक ५३.०८ अंक, हाइड्रोपावर ३७.३९ अंक, फाइनान्स १५.०६ अंक, इन्स्योरेन्स १९३.१२ अंक, उत्पादान १८.४८ अंक र अन्य ५.२ अंकले घटेका छन् । दोहोरो अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59d9f68444d97.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको