Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्चीको पानी वितरण दुई साता बन्द हुने

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १२ : १३ मा प्रकाशित

मेलम्चीको पानी वितरण दुई साता बन्द हुने

काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण आजदेखि दुई साता बन्द हुने भएको छ । आयोजना स्थल मुहानमा मर्मत सम्भार गर्नका लागि दुई साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाले जनाएको हो ।

आयोजनाको ९ नं गेट रहेको हेलम्बुस्थित मुहान तथा हेडवक्स्रमा सिलिन्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकोले उपत्यकामा पानी वितरण बन्द गरिएको हो ।

पहिलो पटक मेलम्चीको पानी २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो । २०७८ असार १ गते मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठुलो क्षति पु¥याएपछि पानीको वितरण बन्द भएको थियो ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको