Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा साउद नियुक्त, अझै आधिकारिक रुपमा जानकारी दिएन सरकारले

सोमबार, २३ असोज २०७४, १६ : ३३ मा प्रकाशित

नेप्सेमा साउद नियुक्त, अझै आधिकारिक रुपमा जानकारी दिएन सरकारले

अर्थ संसार, काठमाडौँ, रस्साकस्सी लामै चलेपछि अन्तत : नेपाल स्टक एक्चेन्जको प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह सायदलाई नियुक्ती गरिएको सरकारले पुष्टि गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा साउद नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

नियुक्ती भएको विषयमा एक मन्त्रीले पुस्टि गरेपनि सरकारको तर्फबाट आजका लागि प्रवक्ता समेत रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियुक्तिको विषयमा केही पनि बताएका थिएनन् ।

तर मन्त्रिपरिषद् स्रोतले भने साउद प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको जानकारी दिएको छ ।

अर्थमन्त्रालयले गठन गरेको समितिले साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम सिफारिश गरेको थियो । साउद नेपाल इन्सुरेन्सका पूर्व महाप्रबन्धक हुन् ।

उक्त पदका लागि १३ जनाले आवेदन दिएका थिए । आवेदन दिनमा पूर्व प्रमुख सिताराम थपलिया समेत रहेका थिए ।

यो पनि पढ्नुहोस्

अज्ञात समूहले गोली हानेर व्यवसायी शरदकुमार गौचनको हत्या

आजको सेयर बजार : ८ अंकले घटेको बजारमा ३१ करोडको कारोबार

भूकम्प पीडितले पाउने भए घर धितो राखेर निव्र्याजी ऋण

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको