Like us!
Follow us!
Connect us!
Watch us!

३५ नम्बर ब्रोकरबाट कसले बेच्दैछ भारी मात्रमा सेयर ? अब कति बाँकी छ सप्लाई ?

अर्थ संसार

मंगलबार, ०२ जेठ २०८०, १५ : ५६ मा प्रकाशित

३५ नम्बर ब्रोकरबाट कसले बेच्दैछ भारी मात्रमा सेयर ? अब कति बाँकी छ सप्लाई ?

हिजो सोमबारको दिन सेयर बजारका लागि खास रह्यो। नेप्से परिसूचकले करिब १० महिनाअघि टेस्ट गरेको १८०७ कै बिन्दुलाई पुन: परीक्षण गर्यो र सो बिन्दुबाट केहि अंक बढेर १८१८ को बिन्दुमा क्लोज भयो। आज मंगलबार नेप्से परिसूचक ३.२९ अंकले बढ्दै १८२१.६० मा क्लोज भएको छ।  हिजो र आजको बजारलाई हेर्दा अधिकांश ब्रोकरहरुको बिक्रि भन्दा खरिद बढी देखिन्छ तर ब्रोकर नम्बर ३५ (कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा. लि.) को भने खरिद भन्दा बिक्रि धेरै नै बढी रहेको छ। सोमबार ७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर ब्रोकर नम्बर ३५ बाट बिक्रि भएको थियो। त्यस्तै आज मंगलबार १ करोड ८० लाख बराबरको खरिद भएको देखिन्छ भने ६ करोड ९९ लाख रुपैंयाको सेयर बिक्रि भएको देखिन्छ। विगत १ हप्ताको तथ्याङ्क हेर्दा पनि ब्रोकर नम्बर ३५ को खरिद भन्दा बिक्रि उच्च नै देखिन्छ। १ हप्ताको अवधिमा सो ब्रोकरबाट एनआईसी एसिया बैंक १२६,००० कित्ता, लक्ष्मी बैंक १८६,००० कित्ता नेपाल टेलिकम ३१,००० कित्ता, नबिल बैंक ३७,००० कित्ता कारोबार भएको छ। यी सेयरहरु एक ठूलै व्यापारीले बिक्रि गरिरहेको बुझिएको छ। व्यापार विस्तारका लागि रकम जुटाउन ती व्यापारीले सेयर बिक्रि गरेका हुन्। 

'बेच्नैपर्ने अवस्था आएकाले उनले सेयर बेचेका हुन्। उनले बेच्न खोजेका कित्ताहरु लगभग सकिए। अलि अलि बाँकी भएको पनि हामीले ग्राहक खोजिसकेका छौं। अब भोलि म्याचिङ्ग गराउँछौं। अबलाई हाम्रो ब्रोकरबाट सेलिङ्ग प्रेसर छैन।' ३५ नम्बर ब्रोकरका एक उच्च तहका कर्मचारीले अर्थसंसारलाई बताए।  

बजार १८०० भन्दा तल जान्छ भन्ने धेरैको अनुमान थियो तर बजार १८०७ भन्दा तल नगएपछि अब किन्ने नै बेला हो भन्दै धेरै लगानीकर्ताहरु खरिद गर्ने नै मनस्थितिमा देखिएका छन्। लगानीकर्ताहरुको मनोविज्ञान सकारात्मक हुँदा हुँदै पनि बजार बढ्न नसक्नुको कारण यहि सेलिङ्ग प्रेसर रहेको देखिन्छ। विशेषगरी नेपाल टेलिकम, एनआईसी एसिया बैंक, लक्ष्मी बैंकजस्ता कम्पनीहरुमा सेलिङ्ग प्रेसर आउँदा समग्र नेप्से परिसूचक नै दबावमा पर्ने गर्दछ। मंगलबार अलि ठूलै अंकले बजार बढ्ने जस्तो माहोल बने पनि सानो अंकले मात्रै बढेर बन्द हुनुमा यहि सेलिङ्ग प्रेसरले भूमिका खेलेको देखिन्छ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको