Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस्, कम्पनीको विश्लेषण

मंगलबार, २४ असोज २०७४, ०७ : २१ मा प्रकाशित

रिलायबल माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस्, कम्पनीको विश्लेषण

नेपाल राष्ट्रबैङ्कबाट ‘घ’ बर्गको इजाजत प्राप्त संस्था रिलायवल माइक्रोफाइनान्सले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्तापूँजी रू.५ करोड ६५ लाख रहेको छ ।

कम्पनीले रिर्जभ कोषमा रू.४ करोड १३ लाख ४५ हजार छुट्याएको छ । यो अघिल्लो आवको सोही अवधिमा  रू. २ करोड १७ लाख थियो । कम्पनीले रू.१ करोड १२ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४० प्रतिशतले कमि हो । सञ्चालन नाफा घटेकाले नाफा घटेको हो ।

कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५६ लाख १८ हजार रकम छुट्याएको छ भने निष्क्रिय कर्जा २ दशमलव ४१ प्रतिशत रहेको छ ।

साथै कम्पनीको आगामी असोज २९ गते हुने साधारण सभामा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागी रू. ५ लाख ९४ हजार ७ सय ३७ नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साथै, सो साधारण सभाको प्रस्तावमा कम्पनीको अधिकृत चुक्तापूँजी  रू. १० करोडबाट वृद्धि गरी रू. २० करोड पुर्याउने र संस्थाको नाम परीवर्तन गर्ने रहेको छ ।  

वर्गिकरण : लघुवित्त
पछिल्लो व्यापार मूल्यः रू.१९४१
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. २७९०
५२ हप्ताको न्यून व्यापार मूल्यः  रू. ३२१
१८० दिनको भारित औसत मूल्य : रू. २३३५.३७

कम्पनीका महत्वपूर्ण अनुपात :-

व्यवस्थापन समूह :-
अध्यक्ष : नारायण बाबु लोहनी
प्रमुख कार्यकारी अधिकृत : किरण कुँवर
प्रधान कार्यलय : लमजुङ, बेसीशहर
शाखा : १४
वेबसाइट : www.reliablemfi.com
स्टक टिकर : आरएमएफएल
 
कम्पनीका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

महत्वपूर्ण अनुपात :-

लाभांश विवरण :-

आधारभूत विश्लेषण :-
कम्पनीको चौथोे त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :-

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ३३ दशमलव ३३ प्रतिशतदेखि घटेर १९ दशमलव ९९ प्रतिशतमा सिमित भएको छ । कम्पनीको लगानी रू.११ करोड ७१ लाख रहेको छ ।

  • कम्पनीले चौथो त्रैमाससम्ममा रू.१६ करोड ३४ लाख निक्षेप संकलन गरी रू. ४५ करोड ७० लाख कर्जा प्रवाह गरेको छ ।

  • खुद ब्याज आम्दानी रू. ५ करोड ३ लाख, कर्मचारी खर्च रू.२ करोड २९ लाख, अन्य सञ्चालन खर्च रू.१ करोड १५ लाख र सञ्चालन नाफा रू.१ करोड ७७ लाख रहेको छ ।

  •  कम्पनीको स्थिर सम्पत्ति १२ दशमलव ९४ प्रतिशतले बढेर रू.१ करोड ८० लाख र अन्य सम्पत्ति २ सय ९१ प्रतिशतले बढेर रू.५ करोड १२ लाख  पुगेको छ ।

  • पूँजीकोष लागत ९ दशमलव ६० प्रतिशत र पूँजीकोष पर्याप्तता १६ प्रतिशत रहेको छ ।

  • कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार तरलता अनुपात   २८ दशमलव १६, प्रति शेयर आम्दानी(वार्षिक) रू.२०, मूल्य आम्दानी अनुपात ९७ दशमलव ६९, प्रति शेयर कुल सम्पत्तिको मूल्य रू.१ हजार २ सय ४९ दशमलव ४९ र प्रतिशेयर नेटवर्थ रू.१ सय ३८ दशमलव १८ रहेको छ । सोमवारको शेयर मूल्य नेटवर्थको १४ गुणा बढी छ ।

प्राविधिक विश्लेषण :-

  • विक्री चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप १ गुणा बढी रहेको छ । सो अवधिसम्म ४ सय १४ कित्ता शेयर विक्री र ३ सय २७ कित्ता शेयर खरीद गर्ने माग रहेको थियो ।  

सोमवार भएको शेयर कारोबार विवरण :-

मैनबत्ती विश्लेषण :-

                                                                          १० जुलार्ई  २०१७                         ९ अक्टोवर  २०१७

स्ट्याण्डर्डडेभिएसन :-
 

                                                                       १० जुलार्ई  २०१७                         ९ अक्टोवर  २०१७

आरएसआई :-

                                                               १० जुलार्ई  २०१७                         ९ अक्टोवर  २०१७

मुभिङ् एभरेज :-

                                                    १० जुलार्ई  २०१७                         ९ अक्टोवर  २०१७

  • मैनबत्ती विश्लेषण : कम्पनीको ५३ दिनको कारोबारलाइ हेर्दा अन्तिम दिनमा कालो क्लोजिङ मारोबोजु बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य वियरिशमा जाने सङ्केत देखाउँछ ।

  • आरएसआई : कम्पनीको ५३ दिनको कारोबारमा आरएसआइ न्यूट्रल जोन (४० दशमलव ९२ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सञ्तुलनमा रहेको देखाउँछ  ।

  • स्ट्याण्डर्ड डेभिएसन : कम्पनीको ५३ दिनको कारोबारलाइ हेर्दा स्ट्याण्डर्ड डेभिएसन १ सय ५६ दशमलव ७४ विन्दुमा छ । यसले उतारचढाव उच्च रहेको देखाउँछ ।

  • मुभिङ एभरेज : कम्पनीको ५३ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एक अर्का टाँढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा हालको मूल्य तल छ । हालको मूल्य रू.१ हजार ९ सय ४१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू.१ हजार ९ सय  मा टेवा र मूल्य मँहगिएमा रू.२ हजार ६६ मा प्रतीरोध पाउन सक्छ  । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको