Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान लघुवित्तद्वारा बोनस सेयर वितरण

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, १० : ४४ मा प्रकाशित

स्वाभिमान लघुवित्तद्वारा बोनस सेयर वितरण

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर वितरण गरेको छ । 

कम्पनीले गत आर्थिक वर्ष ०७८–७९ को मुनाफाबाट चुक्तापूँजी १२ करोड १७ लाख ८२ हजारको आधारमा कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश रहेको थियो । पारित भएको करिब २ महिनामा अर्थात् जेठ १ गते कम्पनीले बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई जेठ २ गते सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।  

कम्पनीले लाभांश प्रयोजनार्थ चैत ३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको