मार्केटको ओभरअल करेक्सन सक्किएको प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गाना बताउँछन् । अर्थ संसारकाे नियमित कार्यक्रम 'मार्केट प्रेस्क्रिप्सन' मा कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।
कार्यक्रममा कुराकानी गर्दै उनले भने, "यही अनुसारकाे हुन्छ, मार्केट यसरी जान्छ भन्ने त हुँदैन मेराे प्रीफर काउन्टमा चाहीँ मार्केटको ओभरअल करेक्सन सक्कियाे र यदि मार्केट १८ सय भन्दा तल आउँछ भनेदेखि केही समयकाे लागि मात्र बस्न सक्छ त्यस पछाडीकाे स्ट्रीङ भएर चाहीँ मार्केटले राम्राे बाउन्स ब्याक लिन्छ भन्ने छ । अबकाे केही समय बजारलाई माथि नै हेर्ने उनले बताए ।
साताभरको सेयर बजारको विश्लेषण, आगामी साताको बजारका लागि लगानीकर्ताहरूले लिने रणनिती, समग्र बजारको माहोल, समसामायिक विषय लगायतका विविध विषयमा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानासँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस