Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकबाट सेवाग्राहीको पैसा हराएको विषयले संसदमा उठ्यो प्रश्न, सासंदले भने– पैसा तत्काल फिर्ता गरियोस्

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १२ : ५४ मा प्रकाशित

माछापुच्छ्रे बैंकबाट सेवाग्राहीको पैसा हराएको विषयले संसदमा उठ्यो प्रश्न, सासंदले भने– पैसा तत्काल फिर्ता गरियोस्

रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ गायब भएको विषयले संसद्मा प्रश्न उठेको छ । रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको ९ लाख रुपैयाँ गायब भएको घटनाले निकै चर्चा पाएसँगै उक्त घटना गम्भीर भएको एक सांसदले बताएका छन् । 

आज (सोमबार) प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद देवप्रसाद तिमेल्सिनाले माछापुच्छ्रे बैंकको खाताबाट ग्राहकको लाखौँ रुपैयाँ हराएको घटनाप्रति आक्रोश पाखेका छन्।

सांसद तिमेल्सिनाले रामेश्वरराय यादवले छोरीको विवाहका लागि जम्मा गरेको रकम नै बैंकबाट हराएको बताए। उनले भने, ‘माछापुच्छ्रे बैंकमा एउटा किसानले आफ्नो छोरीको विवाह गर्नका लागि १२ लाख रुपैयाँ जम्मा गरे । रकम जम्मा गरेको रेकर्ड उनको मोबाइलमा पनि आयो ।बिहीबार बैंकमा जम्मा गरेको रकम आइतबार झिक्न जाँदा खातामा पैसा नै छैन । कसले ह्याक गरेर लग्यो?’

बैंकबाटै रकम चोरी हुन थालेपछि यो देशमा बैंक पनि सुरक्षित नभएको भन्दै सांसद तिमेल्सिनाले बताए । ‘छोरीको बिहे गर्न किसानले बैंकमा जम्मा गरेको रकम नै सुरक्षित नभएपछि अरु के सुरक्षित हुन्छ ?’, संसदमा प्रश्न गर्दै उनले भने, ‘त्यस्तो अपराधीलाई यथाशिघ्र कानुनी कठघरामा ल्याएर कार्वाही गर्नुपर्छ । यो पैसा तत्काल फिर्ता गरियोस् ।’ उनले बैंकबाट हराएको रकमको जिम्मेवारी बैंकले लिनुपर्ने समेत माग गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको