Like us!
Follow us!
Connect us!
Watch us!

आयोगले तोक्यो उम्मेदवारको अधिकतम खर्च सीमा, कुन उम्मेदवारको कति ?

शुक्रबार, २७ असोज २०७४, २१ : ०३ मा प्रकाशित

आयोगले तोक्यो उम्मेदवारको अधिकतम खर्च सीमा, कुन उम्मेदवारको कति ?

अर्थ संसार, काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ ।

आयोगको आजको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा रु १५ लाख खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचनतर्फ मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनका लागि शीर्षकगत खर्च निर्धारण गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार रु दुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

आयोगका अनुसार, प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार रु एक लाख ५० हजारसम्म खर्च गर्न सक्नेछन् ।

59e0da0bb788f.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको