Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : एक अर्ब बढीको सेयर कारोबार

शनिबार, २८ असोज २०७४, १४ : ५९ मा प्रकाशित

साताको सेयर बजार :  एक अर्ब बढीको सेयर कारोबार

अर्थ संसार, काठमाडौं – धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार ३९ लाख ४३ हजार ८१० कित्ता सेयर कारोबार भएर नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.०१ अंकले बढेर एक हजार ५१० अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.६७ अंकले बढेर ३१७.६३ अंकमा आईपुगेको छ ।

    यस साता कारोबार रकमका  आधारमा चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १३ करोड ५६ लाख ३० हजार बराबरको सेयर कारोबार भएको छ ।

यस्तै कारोबार भएको सेयर संख्याका  आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ६२ हजार कित्ता सेयर कारोबार भयो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

 यस साता लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, एनबी इन्स्योरेन्स कम्पनी र पूर्णिमा विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको छ ।

59e1d6febf69d.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको