Like us!
Follow us!
Connect us!
Watch us!

कालीका पावरको १८ करोड बराबरको साधारण सेयर आउँदै

शनिबार, २८ असोज २०७४, १६ : ३२ मा प्रकाशित

कालीका पावरको १८ करोड बराबरको साधारण सेयर आउँदै

अर्थ संसार, काठमाडौँ– कालिका पावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा रु १८ करोड बराबरको १८ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो ।

पहिलो चरणमा कम्पनीले स्थानीय बासीका लागि शेयर निष्कासको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले स्थानीय बासिन्दाका लागि ६ लाख कित्ता आईपिओ निष्कासन गर्नेछ । पहिलो चरणमा स्थानीयबासीलाई शेयर जारी गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई शेयर निष्कासन गर्ने छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोलब आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको