Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको जलविद्युतमाथि भारतको एकाधिकार रोक्नुपर्छः प्रेम सुवाल

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १३ : ३५ मा प्रकाशित

नेपालको जलविद्युतमाथि भारतको एकाधिकार रोक्नुपर्छः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेपालको जलविद्युत्माथि भारतको एकाधिकार रोक्नुपर्ने बताएका छन् । 

आज (बिहीबार) प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सांसद सुवालले भारतलाई दिने भनिएको आयोजना सबै फिर्ता लिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘४ हजार ६ सय ३९ मेगावाट अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो माथिल्लो कर्णाली, पश्चिम सेती, सेती नदीलगायतका जलविद्युत् भारतको कब्जामा पुग्ने अवस्था देखिएको छ । भारतले तमोर ७ सय ५६, मुगु कर्णाली माथिल्लो अरुणको ३ हजार ७ सय मेगावाट जलविद्युत् पनि फेरि कब्जा गर्ने तयारी गरिरहेको छ । सरकारले ती सबै आयोजनाफिर्ता लिएर नेपाललाई सुक्खा र अध्याँरो बनाउने काम तत्काल रोक्न जरुरी छ ।’-File Photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको