Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइलमा गेम खेल्ने कुलतले सम्पूर्ण आम्दानी चट

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १६ : ३६ मा प्रकाशित

मोबाइलमा गेम खेल्ने कुलतले सम्पूर्ण आम्दानी चट

मध्य चीनको हेनान प्रान्तमा १३ वर्षकी एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण एउटा परिवारको सम्पूर्ण  बचत रकम स्वाहा भएको छ । 

साउथ चाइना मर्निङ पोष्टका अनुसार नाम सार्वजनिक नगरिएकी ती किशोरीले आमाको ब्याङ्क खाताबाट गेम खेलेर रु १२ लाख चट पारेकी हुन् । उनले रु तीन लाख २३ हजार एक सय ६३ गेममा, रु पाँच लाख ६१ हजार तीन सय ३० गेम एप्लीकेशन खरिद गर्न र रु दुई लाख ६७ हजार तीन सय ५५ हजार १० जना साथीलाई गेम खेल्न दिएर खर्च गरेकी थिइन् । 

चार महिनाको अवधिमा उक्त रकम खर्च भएको हो । आमाको ‘डेविट कार्ड’ प्रयोग गरेर मोबइल गेममा पैसा उडाएको ती किशोरीका शिक्षिकाले देखेपछि उनले तत्काल किशोरीकी आमालाई उनकी छोरीको कुलत र रकम स्वाहा पारेको जानकारी गराएकी थिइन् । शिक्षिकाले सूचना प्रवाह गर्दा धेरै ढिलो भइसकेको थियो, आमाको खातामा एक रुपैयाँ ३३ पैसामात्र बाँकी थियो । 

समाचारअनुसार आमाले छोरीलाई आवश्यक परेका बेला विद्युतीय माध्यमबाट खर्च गर्नसक्ने गरी आफ्नो डेविट कार्ड ‘पासवर्ड’सहित प्रदान गरेकी थिइन् । उनका बाबुले त्यति धेरै रकम कसरी खर्च ग¥यो भनेर सोधेपछि उनले खर्चको विवरण दिएकी हुन् । साथीभाइले गेमका निम्ति रकम भुक्तानी गरिदिन आग्रह गरेपछि उनीहरूलाई नाई भन्न नसकेको जवाफ उनले दिएकी छन् ।-सिन्ह्वा/Photo Source: Agency 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको