Like us!
Follow us!
Connect us!
Watch us!

बजेटपछि सुनको मूल्यमा भारी वृद्धि, सातामै १८ हजार बढीले बढ्यो

अर्थ संसार

शनिबार, २३ जेठ २०८३, ०७ : ३४ मा प्रकाशित

बजेटपछि सुनको मूल्यमा भारी वृद्धि, सातामै १८ हजार बढीले बढ्यो

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे पछिको हप्ता दिनमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ । गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्यो । उक्त दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछि अर्थात जेठ २२ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य १८ हजार ४०० रुपैयाँले बढेको हो । 

बजेट भाषणपछि एकैदिन जेठ १७ गते आईतबार सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेर त्यसदिन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुग्यो । जेठ १८ गते सोमबार  प्रतितोला २०० रुपैयाँले सुनको मूल्य घट्न पुग्यो । उक्त दिन सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, जेठ १९ गते मंगलबार ४०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । जेठ २० गते बुधबार भने सुनको मूल्य स्थिर रह्यो । त्यस्तै, जेठ २१ गते बिहीबार भने सुनको मूल्य २०० रुपैयाँले घटेर ३ लाख ११ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । त्यस्तै, जेठ २२ गते शुक्रबार २ हजार १०० रुपैँयाले घटेर सुन तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय रुपमा मूल्यवृद्धि, अमेरिका–इजरायल द्वन्द्वलगायतका कारण पनि सुनको मूल्य बढेको व्यवसायीहरु बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको