Like us!
Follow us!
Connect us!
Watch us!

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

अर्थ संसार

शुक्रबार, २२ जेठ २०८३, १४ : ०९ मा प्रकाशित

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेड (SOPL) को आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सूचीकृत भएको हो

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता सेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ४५ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको सेयर सोमबारदेखि कारोबार आउनेछ ।

कम्पनीको सेयर SOPL टिकरमा कारोबार हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको