Like us!
Follow us!
Connect us!
Watch us!

आज ६ कम्पनीले गरे बोनस घोषणा, कुनको कति ?

आइतबार, २९ असोज २०७४, १३ : ०१ मा प्रकाशित

आज ६ कम्पनीले गरे बोनस घोषणा, कुनको कति ?

अर्थ संसार,काठमाडौं–  आज ६ वटा कम्पनीले आफ्नो लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार नागवेली लद्युवित्त विकास बैंक, छिमेकी लद्युवित्त विकास बैंक, सूर्यदय लद्युवित्त वित्तीय संस्था, विजय लद्युवित्त वित्तिध्य संस्था, वोमी माइक्रोफाइनान्स र किसान माइक्रोफाइनान्सले आज बोनस घोषण गरेका छन् ।

हेर्नुहोस्, कुन कम्पनीको कति ?

नागवेली लद्युवित्त विकास बैंक : ४८ %

नागवेली लद्युवित्त विकास बैंक लिमिेटडले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट आफ्ना सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको सचालक समितिको बैठकले सेयधनीहरुलाई ४५.६ प्रतिशत  बोनस सेयर  र २.४ प्रतिशत नगद लाभांश दिने भएको छ ।  नागवेलीले अघिल्लो वर्ष सेयधनीहरुलाई ८० प्रतिशत बोनस दिएको थियो ।

छिमेकी लद्युवित्त विकास बैंकले २५.११  %

छिमेकी लद्युवित्त विकास बैंकले आफ्ना सेयरधनीहरुलाई गत २०७३÷७४ को मुनाफाबाट २५.११ प्रतिशत लाभांश दिने भएको छ ।

यही असोज २७ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव अगाडि बढाएको छ ।

सूर्यदय लद्युवित्त वित्तीय संस्था : २०%

 आफ्ना सेयरधनीलाई सूर्यदय लद्युवित्त वित्तीय संस्थाल लिमिेटडले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २० प्रतिशत लाभांश दिने भएको छ ।

यही असोज २८ गते बसेको सचालक समितिको बैठकले सेयधनीहरुलाई १९ प्रतिशत  बोनस सेयर  र  १ प्रतिशत नगद लाभांश ( कर प्रयोजनको लागि )  दिने भएको छ ।

विजय लद्युवित्त वित्तिध्य संस्थाः १५%

विजय लद्युवित्त वित्तिध्य संस्था लिमिेटडले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १० प्रतिशत  बोनस सेयर  र ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

वोमी माइक्रोफाइनान्सले २१.०५२ %

वोमी माइक्रोफाइनान्स  वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७३÷७४  को नाफाबाट २० प्रतिशत  बोनस सेयर  र सोमा लाग्ने कर वापत नगद लाभांश १.०५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

 किसान माइक्रोफाइनान्स २६.३२ %

किसान माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले आफ्नो सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।

यही असोज २६ गते बसेको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र  सोमा लाग्ने कर प्रयोजनका लागि १.३१ प्रतिश नगद लाभांश दिने दिने भएको हो ।  

माथि उल्लेखित संस्थाले घोषणा गरेका लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामि साधारण्सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

59e312cc9627e.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको