Like us!
Follow us!
Connect us!
Watch us!

किन रोक्यो नेप्सेले १५ कम्पनीको सेयर कारोबार ?

बुधबार, ०१ कार्तिक २०७४, १५ : २६ मा प्रकाशित

किन रोक्यो नेप्सेले १५ कम्पनीको सेयर कारोबार ?

अर्थ संसार, काठमाडौँ– वार्षिक शुल्क नबुझाएको भन्दै नेपाल स्टक एक्चेन्जले आजदेखि विभिन्न १५ कम्पनीको सेयर कारोबार बन्द गरेको छ ।

नेप्सेकाअनुसार आजदेखि ती १५ कम्पनीको सेयर कारोबार रोकिएको हो । कारोबार रोक्का हुने कम्पनीमा हाम्रो विकास बैंक, सिभिल लघुवित्त, काबेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कणार्ली डेभलपमेन्ट बैंक, महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्था, नागबेली माईक्रोफाइनान्स, ललितपुर फाईनान्स, नेशनल माईक्रोफाइनान्स, कुबेर मर्चेन्ट फाईनान्स, समता माईक्रोफाईनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, दिब्येश्वरी हाईड्रो पावर कम्पनी, र युनिलिभर नेपाल रहेका छन् ।

धितोपत्र कारोबार नियमावली अनुसार रु एक करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले रु २५ हजार, रु ५ करोड देखि १० करोडसम्म भएकाले रु ३५ हजार र रु १० करोड माथि पूँजी भएकाले रु ५० हजार नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

नेप्सेका अनुसार हाल नेप्सेमा सूचिकृत रहेका १९६ वटा कम्पनीहरुमध्ये असोज ३१ गतेसम्म १५४ कम्पनीले नविकरण शुल्क बुझाएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको