Like us!
Follow us!
Connect us!
Watch us!

अक्षयकोषलाई तेह्र लाख सहयोग

विहीबार, ०२ कार्तिक २०७४, १३ : १६ मा प्रकाशित

अक्षयकोषलाई तेह्र लाख सहयोग

अर्थ संसार, बाबियाचौर–विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित ओमकुमारी शान्ति कोषमा बहराइनबाट करिब रु तेह्र लाख सहयोग प्राप्त भएको छ ।

रु एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्न म्याग्दी उद्धार समिति बहराइनले रु बाह्र लाख ९३ हजार सहयोग गरेको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनका संरक्षक लालप्रसाद पुनले बुधबार बेनीमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यलाई सो रकम हस्तान्तरण गर्नुभयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनका अध्यक्षसमेत रहनुभएका पुनले प्रवासमा रहेका म्याग्दीका बासिन्दाले खाना, खाजा खर्च कटाएर आफ्नो जन्मथलोको परोपकारी अभियानका लागि सहयोग जुटाएको बताउनुभयो ।

अभियानका क्रममा हालसम्म ७०० जनाले रु पाँच हजारभन्दा बढी सहयोग गरेर आजीवन सदस्यता समेत लिएका छन् । रु दुई लाख सहयोग गरेर १८ जनाले संरक्षक सदस्यता लिएका छन् । मोना कतार र म्याग्दी उद्धार समिति बहराइनले रु तीन लाखभन्दा बढी सहयोग गरेर संस्थागत संरक्षक सदस्यता लिएका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो ।

कोषले जटिल रोगले थलिएका ४५ जना विपन्नलाई अभियान सञ्चालन गरेर सहयोग जुटाएको छ । हाल पाँचजनाको उपचारका लागि आर्थिक संकलन अभियान सञ्चालनमा छ । अक्षयकोषको ब्याजबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित जिल्लाका नागरिकलाई सघाउने उद्देश्य रहेको अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

हाइपोपलास्टिक एनिमिया रोगबाट मृत्यु भएकी बेनपा–४ की ओमकुमारी पुन शान्तिको उपचारका लागि संकलन भई खर्च हुन बाँकी रहेको रु १३ लाखबाट कोषको घोषणा गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा मुटुरोगबाट थलिएका बेनपा–७ मंगलाघाटका बाबुराम शाक्यको उपचारका लागि सहयोग जुटाउन गठित अभियानका संयोजक सचिन शाक्यलाई रु ३४ हजार उपलब्ध गराइएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको