Like us!
Follow us!
Connect us!
Watch us!

तिहारपछि १३ अर्बको सेयर आउदैं, हेर्नुहोस्, कुन कुन कम्पनीको कति सेयर आउदैंछ ?

विहीबार, ०२ कार्तिक २०७४, १३ : २९ मा प्रकाशित

तिहारपछि  १३ अर्बको सेयर आउदैं, हेर्नुहोस्, कुन कुन कम्पनीको कति सेयर आउदैंछ ?

अर्थ संसार, काठमाडौं– तिहारपछि १३ वटा कम्पनीको सेयर आउने भएको छ । वाणिज्य बैंक, विकास बैंक, बीमा र जलविद्युत गरी १६ वटा कम्पनीले १२ अर्ब ६७ करोड ७८ लाख ३१ हजार रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने भएका छन् ।

कम्पनीको चुक्ता पुँजी बढाउन १२ करोड ६७ लाख ७८ हजार ३ सय १६ कित्ता सेयर निष्कासन गर्न लागिएको हो ।

५ विकास बैंक, ४ बीमा कम्पनी, ३ वाणिज्य बैंक , २ वित्तीय संस्था, एउटा जलविद्युत कम्पनी र एउटा उखु मिलले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग स्वीकृति मागेका छन् ।

विकास बैंकहरुमा सांग्रीला, गण्डकी कर्णाली,साहारा र ग्रिन डेभलपमेन्ट बैंक छन् । यस्तै, बाणिज्य बैंकमा प्रभु, सिभिल र सिद्धार्थ बैंकले हकप्रद सेयर निष्कासन गर्दैछन् ।

हकप्रद सेयर निष्कासन गर्ने बीमा कम्पनीहरुमा एशियन लाइफ, एभरेष्ट इन्सुरेन्स, पु्रडेन्सियल र गुराँस इन्सुरेन्स छन् ।

फाइनाइन्स कम्पनीमा सेन्टरल फाइनाइन्स र श्री इन्भेष्टमेन्ट कम्पनीले सेयर जारी गर्दैछन् ।

यस्तै, अपि पावर र श्रीराम सुगर मिलले पनि सेयर जारी गर्न सेबोनमा स्वीकृत माग गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको