Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस्, अब यी हाइड्रोपावर कम्पनीको IPO आउँदैछ

सोमबार, ०६ कार्तिक २०७४, ०५ : १० मा प्रकाशित

पैसा जम्मा गर्नुहोस्, अब यी हाइड्रोपावर कम्पनीको IPO आउँदैछ

अर्थ संसार, काठमाडौं – सेयर बजारमा आधा दर्जन भन्दा बढी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपिओ) आउने भएको छ ।  साधारण सेयर निष्काशनको लागि  आधा दर्जन भन्दा बढी हाइड्रोपावर कम्पनीले लागि नियामन निकाय धितोपत्रबार्डमा आवेदन दिएका छन् ।


सान्जेन जलविद्युत कम्पनी

सान्जेन जलविद्युत कम्पनीको ८७ लाख ६० हजार कित्ता साधारण सेयर ९आइपिओे० आउने भएको छ ।

कम्पनीले साधारण सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण सेयर निष्काशनको लागि कम्पनीले बैंशाख १२ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड

यस कम्पनी लिमिटेडले  १ करोड ६४ लाख २१ हजार ४० कित्ता सर्वसाधारण सेयर ९आईपिओ० निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि बैशाख १३ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

निष्काशन सेयर विक्रीको लागि सिद्धार्थ क्यापिटल, एनआइविएल क्यापिटल, मार्केट, ग्लोबल आइएमई, क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई विक्री तथा प्रबन्धकमा नियुक्ति गरेको छ ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले स्थानीयवासीको लागि ११ लाख कित्ता सर्वसधारण सेयर ९आइपिओ० निष्काशन गर्ने भएको छ ।

यस लिमिटेडले वैशाख २६ गते धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि आवेदन दिएको छ । सेयर निष्काशनको लागि पञ्चकन्याले नबिल इन्भेष्टमेन्ट बैकिङ र  एनसिएम मर्चेन्ट बैकिङलाई विक्री प्रबन्धकमा जिम्मेवारी दिएको छ ।

राधी विद्युत कम्पनी लिमिटेड

यस लिमिटेडले ७ लाख ६४ हजार ५ सय ५० कित्ता सर्वसाधारण सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैशाख वैशाख २९ गते धितोपत्र बोर्डमा आवेदन दिएको यस कम्पनीले सेयर निष्काशन बिक्री प्रबन्धकमा नबिल इन्भेटमेन्ट बैकिङलाई नियुक्त गरेको छ ।

सिइडिबी हाइड्रोपावर फण्ड लिमिटेड

यस हाइड्रोपावरले २२ लाख ८९ हजार ३ सय कित्ता साधारण सेयर ९आइपिओ० निष्काशन गर्ने भएको छ ।

सेयर निष्काशनको लागि सनराईज क्यापिटल लिमिटेडलाई विक्री पन्धन्कलाई जिम्मेवारी  दिएको छ । यसले साधारण सेयर निष्काशनको लागि २०७३ असार २७ गते सेवनमा आवेदन दिएको थियो ।

आँखु खोला जलविद्युत कम्पनी

यस आँखु खोला जलविद्युत कम्पनीले स्थानीयवासीको लागि ८ लाख कित्ता साधारण सेयर ९आइपिओ० निष्काशन गर्ने भएको छ ।

सेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केटलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । ०७३ जेठ ३१ गते सेयर निष्काशनको लागि धितोपत्र बोर्डले आवेदन दिएको छ ।


गर्जाङ उपत्यका हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड

यस हाइड्रोपावरले स्थानीयवासीको लागि २ लाख कित्ता साधारण सेयर ९आइपिओ० निष्काशन गर्ने भएको छ ।

सेयर निष्काशन विक्री प्रबन्धकमा एनआइविएल क्यापिटललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि लिमिटेडले ०७३ असोज १४ गते आवेन दिएको थियो ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

यस कम्पनीले स्थानीयवासीको लागि ३ लाख ७१ हजार ४ सय कित्ता साधाराण् सेयर ९आइपिओ० निष्काशन गर्ने भएको छ । यस लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सेयर निष्काशनको लागि ०७३ पुष १२ गते धितोपत्र बोर्डमा ओवदन दिएको छ ।

माथि उल्लेखित कम्पनीको सधारण सेयर ९आइपिओ० नियामन निकाय धितोपत्र बोर्ड ९सेवन० ले अनुमति दिएपछि र कम्पनीको साधारण सभाले सेयर निष्काशनको मिति तय गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको