Like us!
Follow us!
Connect us!
Watch us!

बीस लाख राजश्व संकलन

सोमबार, ०६ कार्तिक २०७४, १६ : ४३ मा प्रकाशित

बीस लाख राजश्व संकलन

अर्थ संसार, रौतहट– जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आवको तीन महिनामा नियम विपरीत सवारीसाधन चलाउनेलाई कारबाही गरी रु २० लाख राजश्व संकलन गरेको छ ।

तीन हजार ४०४ सवारीचालकलाई कारबाही गरेर सो रकम असुल गरिएको हो । गत साउन महिनामा एक हजार २३५ सवारीचालकलाई कारबाही गरी रु सात लाख ८३ हजार, भदौमा ६०५ सवारीचालकलाई कारबाही गरी रु चार लाख १४ हजार तथा असोजमा एक हजार २६४ सवारीचालकलाई कारबाही गरी रु आठ लाख १२ हजार राजश्व संकलन भएको प्रहरी निरीक्षक राममणि उप्रेतीले जानकारी दिनुभयो ।

तीन महिनाको अवधिमा जिल्लामा १३ वटा सवारी दुुर्घटनामा परेर पाँच जनाको मृत्युु भएको थियो भने २२ जना घाइते भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको