Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्ने सोचमा हुनुहुन्छ ? ( एक विश्लेषण)

मंगलबार, ०७ कार्तिक २०७४, ०८ : १२ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्ने सोचमा हुनुहुन्छ ? ( एक विश्लेषण)

अर्थ संसार, काठमाडौैं– चालू आव २०७४/७५ को प्रथम त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले रू.२ करोड ४१ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढी हो । सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढेको हो ।

सोही अवधिमा कम्पनीको चुक्तापूँजी ७२ दशमलव ५० प्रतिशतले बढेर रू. ४५ करोड ६२ लाख पुगेको छ । रिजर्भ कोषमा रू. ९ करोड ६० लाख राखेको छ । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू.२९ लाख ४१ हजार राखेको छ भने निष्क्रिय कर्जा शून्य रहेको छ ।

साथै कम्पनीको असोज ८ गते सम्पन्न साधारण सभाले १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । सो बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको  २ बराबर १ अनुपातमा हकप्रद शेयर पारीत गर्नेछ ।

वर्गिकरण : लघुवित्त कम्पनी
पछिल्लो व्यापार मूल्यः रू.८५३
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. २२५०
५२ हप्ताको न्यून व्यापार मूल्यः  रू. ५१६
१८० दिनको औषत व्यापार मूल्य : रू.१०४६.१३

कम्पनीका महत्वपूर्ण अनुपात :-

व्यवस्थापन समूह :-

अध्यक्ष : सुरेन्द्र राज रेग्मी
प्रमुख कार्यकारी अधिकृत : भेष राज पन्थी
प्रधान कार्यालय : ज्ञानेश्वर, काठमाडौं
वेबसाइट : fmdb.com.np
स्टक टिकर : एफएमडिबिएल

कम्पनीको महत्वपूर्ण वित्तिय परिसूचकहरु (रू. हजारमा) :-


कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

महत्ववपूर्ण अनुपात :-

लाभांश विवरण :-

आधारभूत विश्लेषण :-

कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४\७५ र २०७३/७४ बीच तुलना गर्दा :   

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ५ दशमलव ६९ प्रतिशतबाट घटेर ५ दशमलव २९ प्रतिशतमा सिमित भएकोे छ भने चालू आवको पहिलो त्रैमासमो कम्पनीको लगानी रू.२० लाख रहेको छ ।

  • यस कम्पनी नेपाल राष्ट्रबैङ्कबाट इजाजत प्राप्त ‘घ’ वर्गको थोक लघुकर्जा प्रदायक वित्तीय संस्था हो । पहिलो त्रैमासमा कर्जा तथा सापटी २४ प्रतिशतले बढेर रू.३ अर्ब ६९ करोड ६० लाख पुगेको छ ।

  • कम्पनीको खुद ब्याज आम्दानी रू. ४ करोड ८ लाख, कर्मचारी खर्च रू.५२ लाख ५३ हजार, अन्य सञ्चालन खर्च रू. २८ लाख २३ हजार र सञ्चालन नाफा रू. ३ करोड ७९ लाख रहेको छ ।

  • स्थिर सम्पत्ति १२ प्रतिशतले घटेर रू. ६३ लाख १२५ हजारमा सिमित भएको छ भने  अन्य सम्पत्ति ६ गुणाले बढेर रू. १ करोड ७३ लाख  ८७ हजार पुगेको छ ।

  • पूँजीकोष पर्याप्तता १५ दशमलव ३४ प्रतिशत रहेको छ ।

  • कम्पनीले प्रकाशित चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू.२१ दशमलव १५, मूल्य आम्दानी अनुपात ३९ दशमलव ७५ टाइम्स, तरलता अनुपात १० दशमलव ९० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१ सय २१ दशमलव शून्य ५ पुगेको छ ।  सोमवारको शेयर मूल्य नेटवर्थको ७ गुणा छ ।

प्राविधिक विश्लेषण :-

  • खरीद चाप  : कम्पनीको सोमवार भएको शेयर कारोबारको अन्तिम समय सम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे २ गुणा बढी भएको छ । सो अवधिसम्म २ हजार ८ सय ९० कित्ता शेयर खरीद र १ हजार १ सय ५५  कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।  

सोमवार भएको शेयर कारोबार विवरण :-

मैनबत्ती चित्र :-

                                                                २४ जुलाई २०१७                          २३ अक्टोवर २०१७

स्ट्याण्डर्ड डेभिएसन :-


 

                                                                                    २४ जुलाई २०१७                          २३ अक्टोवर २०१७

आरएसआई :-

                                                                   २४ जुलाई २०१७                          २३ अक्टोवर २०१७
मुभिङ् एभरेज :-

                                                                २४ जुलाई २०१७                          २३ अक्टोवर २०१७

  • मैनबत्ती विश्लेषण : कम्पनीको ५३ दिनको कारोबार हेर्दा अन्तिम दिनमा कालो मारोबोजु आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बियरिश प्यार्टनमा जाने सङ्केत देखाउँछ ।

  • आरएसआई : कम्पनीको ५३ दिनको कारोबारमा आरएसआइ न्यूट्रल जोन (४१ दशमलव ३९ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउछ ।

  • स्ट्याण्डर्ड डेभिएसन : कम्पनीकोे ५३ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ७ दशमलव ६२ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेज : कम्पनीको ५३ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिदैँ गएका छन् । हालको मूल्य  र १४ दिने औसत मूल्यरेखाभन्दा २६ दिने मूल्य रेखाभन्दा माथि छ । हालको मूल्य रू. ८ सय ५३ बाट बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ८ सय ४० मा टेवा पाउन सक्ने  भने मूल्य महङ्गिएमा रू.८ सय ६० मा प्रतिरोध हुने सम्भावना देखिन्छ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको