Like us!
Follow us!
Connect us!
Watch us!

कोरियाबाट बिमा रकम नलिइ फर्कन्छन् नेपाली

मंगलबार, ०७ कार्तिक २०७४, ०८ : ४५ मा प्रकाशित

कोरियाबाट बिमा रकम नलिइ फर्कन्छन् नेपाली

१ करोड ५० लाख नेपाल पठाइयो

अर्थ संसार, काठमाडौं- ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारले अज्ञानताका कारण बिमाबापतको रकम नलिइ फर्कने गरेको पाइएको छ ।

कामदारले रोजगारीका क्रममा विभिन्न प्रकारका बिमा गर्ने गरे पनि रोजगार अवधि सकिएपछि नलिइ फर्केको बिमा रकमबापतको करिब १६ करोड वन कोरिया सरकारले नेपाललाई फिर्ता पठाएको छ ।

रोजगारीका लागि कोरिया गएका कामदारले आपूmले पाउनुपर्ने बिमा रकम दाबी नगरी स्वदेश फर्केपछि एचआरडी कोरिया कार्यालयले यस्तो रकम फिर्ता पठाएको हो । कोरिया सरकारले नेपाली कामदारलाई बिमा रकम माग दाबी गर्न सार्वजनिक आह्वानसमेत गरेको छ ।

एचआरडी कोरियाले नेपाल कार्यालयमा पठाएको बिमा रकमसेत फिर्ता लिन नेपाली कामदार आएका छैनन् । उनीहरूलाई लगातार ताकेता गर्दासमेत ३ सयभन्दा बढी नेपालीले अझै पनि आफूले पाउनु्पर्ने बिमा रकम दाबी नगरेको कार्यालयले जनाएको छ ।

कोरियामा रोजगार अवधि पूरा गरेर विभिन्न कारणले बिमा रकम फिर्ता लिन बाँकी रहेका ३ सय नेपालीले पाउनुपर्ने १६ करोड वन अर्थात १ करोड ५० लाख रूपैयाँ कोरियाले नेपाललाई फिर्ता पठाएको छ ।

भाषागत तथा बिमा अधिकारसम्बन्धी ज्ञान नहुँदा ३ सयभन्दा बढी नेपाली कामदार बिमा रकम दाबी नगरी नेपाल फर्केको एचआरडी कोरिया ईपीएस शाखा नेपालका निर्देशक किहोक किमले जानकारी दिएका छन् ।  

पछिल्लो तथ्यांकअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया गएर आफ्नो बसाइअवधि सकेका नेपाली कामदारमध्ये लगभग ३ सय जनाले भुक्तानी नलिएको १६ करोड ८९ लाख ८१ हजार ४४३ कोरियन वन मानव संशाधन विकास केन्द्र ९एचआरडी कोरिया०सँग राखिएको छ । 

इ ९ भिसामा दक्षिण कोरिया छिरेका विदेशी कामदारहरूले कानुनी रूपमा अनिवार्य बहन गर्नुपर्ने बिमाबापत पाउने रकम नै नलिइ नेपाली स्वदेश फर्कने गरेका छन् । कोरियामा नेपालीले कार्यअवधि समाप्ती बिमा, ग्यारेन्टी बिमा, दुर्घटना बिमा र स्वदेश फिर्ती खर्च बिमा अनिवार्य गर्नुपर्ने बिमा नीतिमा पर्दछन् ।

नेपाली कामदार कोरिया गएपछि रोजगारदाताको सहकार्यमा कार्यअवधि समाप्ती बिमा र ग्यारेन्टी बिमा दर्ता गर्नुपर्छ भने कामदार आफैले दुर्घटना बिमा र स्वदेश फिर्ती खर्च बिमा दर्ता गर्नुपर्नु प्रावधान रहेको छ । यी ४ बिमामध्ये कार्यअवधि समाप्ती बिमा र स्वदेश फिर्ती खर्च बिमा कामदारको स्वदेश फिर्ता हुने प्रमाणित कागजपत्र बुझाएपश्चात लिन पाउने बिमाहरू हुन् ।  

मानवीय बिमा रकम विदेशी कामदारहरूले बिमाअवधि समाप्त भएको दिनदेखि साम्सङ ह्वाजे बिमा कम्पनीमा ३ वर्षसम्म बिमा रकम दाबी गर्न नआएमा माथीको बिमा कम्पनीमा बिमा रकम दाबी गर्ने हदम्याद समाप्त भइ एचआरडी कोरियालाई हस्तान्तरण गर्ने प्रावधान छ ।

एचआरडी कोरिया नेपाल ईपीएस सेन्टरका अनुसार २०१४ मा ह्युमन बिमा रकमसम्बन्धी अधिकार प्राप्त गरी ह्युमन बिमा रकम फिर्ता अभियान लागू भएपश्चात झण्डै ८७ वटा बिमाका रकम ३६ करोड ३ लाख वन भुक्तानी गरिएको थियो । २०१७ सेप्टेम्बरसम्म २१ जनाले ह्युमन बिमा रकमको लागि आवेदन दिएका थिए ।

प्रायः एचआरडी कोरिया, नेपाल ईपीएस सेन्टरमा स्वयं उपस्थित भइ बिमा रकम दाबी गरे पनि हकवालाको निधन भइ नजिकको परिवारले बिमा रकमको लागि निवेदन दिएको २ वटा केश थिए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी स्वदेश फर्केका कामदारहरू आफू बिमा रकमको हकदार भए नभएको  जानकारी लिन ईपीएस कोरिया शाखामा सम्पर्क गर्न अनुरोध गरिएको जनाइएको छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको