Like us!
Follow us!
Connect us!
Watch us!

क्यान्सरपीडित लक्ष्मीलाई सहयोग

बुधबार, ०८ कार्तिक २०७४, ०८ : २६ मा प्रकाशित

क्यान्सरपीडित लक्ष्मीलाई सहयोग

अर्थ संसार, बनियानी, झापा– झापाको हल्दिबारी गाउँपालिका–४ की रक्त क्यान्सर पीडित लक्ष्मी मिश्र घिमिरेलाई सहयोग प्रदान गरिएको छ ।

घिमिरेबन्धु कल्याण परिषद् झापाका सचिव काशीनाथ घिमिरेको अगुवाइमा संकलित रु ४४ हजार ९५० लक्ष्मीको परिवारलाई प्रदान गरिएको हो ।

संकलित रकम मंगलबार एक कार्यक्रमका बीच हल्दिबारी गाउँपालिका प्रमुख रवीन्द्रप्रसाद लिङ्देनले बिरामीका पति मुक्ति घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।

अर्थ अभाव भएपछि लक्ष्मीको उपचारमा समस्या भएपछि सहयोग संकलन शुरु गरिएको सचिव घिमिरेले बताउनुभयो ।

उपचारमा आर्थिक अभाव भएकाले सहयोग गर्न उहाँका श्रीमान् मुक्तिले सबैसँग अपिल गर्नुभएको छ ।

दाताले सहयोग गर्नका लागि घिमिरे बन्धु कल्याण परिषद् झापाको राष्ट्रिय वाणिज्य बैंकको बिर्तामोडमा रहेको उपचार सहयोग खाताको चल्ती खाता नम्बर १०१५ मा सहयोग गर्न सकिनेछ भने मुक्ति घिमिरेको फोन नम्बर ९८०८९८१९०० र सचिव घिमिरेको फोन नम्बर ९८५२६५५०५३ मा फोन गर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको